पूर्वसहयोद्धा केजरीवाल पक्राउबारे अन्ना हजारे भन्छन्- कर्मको फल पाए

नेपालभ्युज

पूर्वसहयोद्धा केजरीवाल पक्राउबारे अन्ना हजारे भन्छन्- कर्मको फल पाए

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल मदिरा घोटालामा पक्राउ परेपछि आम आदमी पार्टी (आप)ले विरोध प्रदर्शन गरिरहेका छ ।

कानुन कार्यान्वयन गराउने भारतको सरकारी निकाय प्रवर्तन निर्देशनालय (ईडी)ले बिहीबार मुख्यमन्त्री निवासबाटै केजरीवाललाई पक्राउ गरेपछि प्रदर्शन चर्किएको छ ।

यहीबीच सामाजिक कार्यकर्ता अन्ना हजारेले भने केजरीवालले कर्मको फल पाएको अनि यसकै कारण समातिएको बताएका छन् । केजरीवाल अन्ना हजारेका सहयोद्धा हुन् । कुनै बेलामा उनीहरू सँगै आन्दोलनमा थिए ।

तर, अहिले पक्राउपछि अन्ना हजारेले सन्तुष्टि जनाएका छन् ।

केजरीवालको  गिरफ्तारीप्रति प्रतिक्रिया दिँदै अन्ना हजारेले भने, ‘‘अरविन्द केजरीवाल कुनैबेला मसँग काम गर्थे । उनी पक्राउ परेको देखेर म निकै दुःखी छु । उनले मदिराविरुद्ध आवाज उठाएका थिए, अहिले उनी आफैँले मदिरा नीति बनाइरहेका छन् । उनी आफ्नै कर्मको फलका कारण समातिएका हुन् ।’’

आफूले केजरीवाललाई यस्तो नीति खालको लागू नगर्न चेतावनी नै दिएको पनि उनले बताएका छन् । ‘मैले भनेकै थिए कि हाम्रो काम मदिराको नीति बनाउने होइन । सानो बच्चालाई पनि मदिरा नराम्रो हो भन्ने कुरा थाहा हुन्छ । तर पनि उनले नीति बनाए । यसबाट धेरै पैसा कमाइन्छ भन्ने उनीहरूले सोचे, यही कारण उनीहरूले यो नीति बनाए । यसबारे मैले उनलाई दुई पटक चिठी पनि लेखेको थिएँ,’ अन्नाले भनेका छन् ।

मदिरा घोटालामा अरविन्द केजरीवाल बाहेक विजय नायर, अभिषेक बोइनपल्ली, समीर महेन्द्र, पी सरथ चन्द्र, विनय बाबु, अमित अरोरा, गौतम मल्होत्रा, राघव मंगुता, राजेश जोशी, अमन ढल, अरुण पिल्लई, मनिष सिसोदिया, दिनेश अरोरा, सञ्जय सिंह, के. कविता पनि पक्राउ परिसकेका छन् ।

सन् २०११ मा अन्ना हजारेले जनलोकपाल बिल आन्दोलन गर्दा केजरीवाल हजारेको कोर टिममा थिए । यहीबाट केजरीवाल चर्चामा आएका हुन् । अन्ना हजारेले नयाँ दिल्लीको जन्तर मन्तरमा अनशन सुरु गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved