गृहमन्त्रालयले अधिनायकवादको अभ्यास गर्न खोजेको कांग्रेस नेता कोइरालाको आरोप

नेपालभ्युज

गृहमन्त्रालयले अधिनायकवादको अभ्यास गर्न खोजेको कांग्रेस नेता कोइरालाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृह मन्त्रालयले जिल्ला अधिकारीलाई जारी गरेको निर्देशन संघीयताको मर्म विपरित भएको बताएका छन् ।

कोइरालाले सामाजिक सञ्जालमा सरकारको पछिल्लो निर्देशन अधिनायकवादको पूर्वअभ्यास भएको टिप्पणी गरेका हुन् ।

गृह मन्त्रालयले प्रजिअहरुलाई जारी गरेको निर्देशन यसअघि जिल्ला प्रशासन कार्यालयहरु कानूनले दिएको अधिकार प्रयोग गर्न र कर्तव्य पालन गर्न पूर्णरुपमा असक्षम थिए भन्ने बुझाएको कोइरालाको भनाइ छ ।

संघीयताको मर्म अनुरुप प्रदेश र स्थानीय तहका राजनीतिक संरचना बलियो बनाउँदै जानु पर्नेमा जिल्लाका प्रशासनिक संरचना मार्फत केन्द्र बलियो हुन खोज्नु अधिनायकवादको पूर्वाभ्यास बाहेक केही नभएको उनको टिप्पणी छ ।

संविधानको ठाडो उल्लंघन गर्दै सामाजिक सञ्जाल र अनलाइन समाचार पोर्टलहरुको निगरानी र कारबाही गर्न निर्देशन दिने बुँदा राखिनु र दवाबपछि ती बुँदा हटाइनुले सरकारले राजनीतिक दल, सञ्चार जगत र नागरिक समाजको नाडी छाम्न खोजेको आरोप लगाए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved