पार्टीको उम्मेदवार सार्वजनिक गर्न रवि लामिछाने इलाम जाने

नेपालभ्युज

पार्टीको उम्मेदवार सार्वजनिक गर्न रवि लामिछाने इलाम जाने

काठमाडौं । वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनको उम्मेदवारको नाम टुङ्ग्याउन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आफैँ जाने भएका छन् ।

राजनीतिक दलहरूले उम्मेदवारको सिफारिस धमाधम गरिरहँदा उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि आफैँ जान लागेका हुन् ।

चैत १७ गते उम्मेदवारको नाम सार्वजनिक कार्यक्रमका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि स्वयम् इलाम आउन लागेका इलाम कमिटीले जनाएको छ ।

रास्वपाले चैत ६ गते देखि चैत १४ गते दिउँसो १ बजेसम्म इलाम २ मा उम्मेदवारको आकांक्षीका लागि आवेदन माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved