हिमालयन रिइन्स्योरेन्स विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन अग्रसर

नेपालभ्युज

हिमालयन रिइन्स्योरेन्स विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन अग्रसर

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले रेटिङ एजेन्सी ए.एम वेस्ट (A.M. Best) बाट हालै मात्र प्राप्त गरेको बि प्लस (B+) रेटिङको मद्दतमा विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन अग्रसर भएको छ ।

सोका लागि कम्पनीले भारत, सिंगापुर, दुबई र थाइल्याण्डमा शाखा विस्तार गर्ने प्रक्रिया अगाडि बढाइरहेको छ । सो देशहरूमा शाखा विस्तार गर्न सकेमा कम्पनीलाई युरोप, मध्य पूर्व, दक्षिण पूर्व, अफ्रिका तथा अस्ट्रेलिया जस्ता प्रान्तहरूबाट पुनर्बीमा व्यवसाय भित्र्याउन मार्ग प्रशस्त हुनेछ ।

केही महिना अघि मात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न आवश्यक FRN number  प्राप्त गरेको कम्पनीले भारतमा शाखा विस्तार गरेसँगै केही वर्ष भित्रै भारतबाट अन्दाजी १,००० करोड रुपैयाँ बराबरको पुनर्बीमा व्यवसाय भित्र्याउन सफल हुने अपेक्षा कम्पनीले लिएको छ ।

कम्पनीको हालै सम्पन्न तेस्रो वार्षिक साधारण सभाले कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेसँगै कम्पनीको जोखिम वहन गरेको क्षमता समेत बढेर जाने जसको कारणले विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन थप टेवा पुग्ने देखिन्छ ।

कम्पनीले अपेक्षा अनुसार विदेशबाट पुनर्बीमा व्यवसाय आर्जन गर्न सकेमा देशको लागि अमूल्य विदेशी विनियम भित्र्याउन सफल मात्र नभई कम्पनीले जुन “Taking Nepal to The World” भन्ने नारा बोकेको छ, सो नारा बमोजिम नेपाललाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सफल हुने निश्चित प्राय देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved