सुनको मूल्य हालसम्मकै उच्च, चाँदी तोलाकै १५ सय ५५ रुपैयाँ

नेपालभ्युज

सुनको मूल्य हालसम्मकै उच्च, चाँदी तोलाकै १५ सय ५५ रुपैयाँ

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले बढेर १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

जुन हालसम्मकै उच्च हो । यसअघि फागुन २७ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँ कायम भएको थियो ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख २७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा १ सय ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved