विशेष अदालतको फैसलामा चित्त नबुझेपछि अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

नेपालभ्युज

विशेष अदालतको फैसलामा चित्त नबुझेपछि अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

विशेष अदालतको फैसला चित्त नबुझेपछि सोमबार आयोगले सर्वोच्चमा पुनरावेदन दिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिवादीहरु राजेन्द्र काफ्ले र सुशिला काफ्लेले ३ करोड ५८ लाख ६ हजार ११० रुपैयाँको गैरकानूनी सम्पत्ति आर्जन गरेको आयोगको ठहर छ । तर, विशेष अदालतले उनीहरुलाई सफाई दिएको थियो ।

आयोगले आय थप गरी आम्दानी बढाउने र सफाई दिने गरी भएको फैसला त्रुटीपूर्ण रहेको बताउँदै विशेष अदालतविरुद्ध पुनरावेदन दिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved