काठमाडौं । टर्कीको सामुद्रिक तटमा एउटा डुङ्गा डुब्दा पाँच बालबालिकासहित २१ आप्रवासीको मृत्यु भएको छ । पीडितहरू कहाँको हुन् खुल्न सकेको छैन ।
दुई जनालाई टर्कीका तटरक्षकले उद्धार गरेका छन् । अर्का दुईलाई आफैँ पानीबाट बाहिर निकाल्न सफल भएको अधिकारीहरूले बताएका छन् ।
ग्रिसको लोम्नोस टापुनजिकैको उत्तरपश्चिमी प्रान्त क्यानाकलको टर्कीको सबैभन्दा ठूलो टापू गोकसेडा वा इम्ब्रोसस्थित एजियन सागरको तटमा डुङ्गा डुबेको थियो ।
“सुरक्षा दलले पाँच बालबालिकासहित २१ जनाको शव फेला पारेको छ”, स्थानीय गभर्नरको कार्यालयले विज्ञप्तिमा भनेको छ । एउटा विमान, दुईवटा हेलिकप्टर, एउटा ड्रोन, १८ वटा डुङ्गा र पाँच सय दुई कर्मचारी खोजी तथा उद्धार अभियानमा सहभागी भएको विज्ञप्तिमा उल्लेख छ ।
टर्कीमा अधिकांश सिरियालीसहित करिब ४० लाख शरणार्थी रहेका छन् ।
Facebook Comment
Comment