काठमाडौं प्रहरीको ‘सेफ्टी पिन क्याम्पियन’, तत्कालै समातिने छन् सार्वजनिक स्थानमा दुर्व्यवहार गर्नेहरू

नेपालभ्युज

काठमाडौं प्रहरीको ‘सेफ्टी पिन क्याम्पियन’, तत्कालै समातिने छन् सार्वजनिक स्थानमा दुर्व्यवहार गर्नेहरू

काठमाडौं। काठमाडौं उपत्यका प्रहरी कार्यालयले फेरि ‘सेफ्टी पिन क्याम्पियन’ लाई तीव्रता दिएको छ ।

सार्वजनिक स्थान, कार्यालय, यातायातका साधनलगायतमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य दुर्व्यवहार र चोरी नियन्त्रणमा यस्तो अभियान तीव्र बनाएको हो ।

यो क्याम्पियनमार्फत् सादा पोसाकका प्रहरीले सुक्ष्म निगरानी गरी अवाञ्छित गतिविधि गर्ने व्यक्तिलाई तत्काल पक्राउ गर्ने गर्दछन् ।

सार्वजनिकस्थलमै यौन दुर्व्यवहारका घटना भएको गुनासो बढेपछि त्यसलाई रोक्न सुक्ष्म निगरानी गरी त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन उपत्यका प्रहरीले यो अभियानमा सादा पोसाकमा प्रहरी कर्मचारी खटाउँदै आएको छ ।

उपत्यकाका विभिन्न क्षेत्रमा आठवटा टोलीले अहिले निगरानी गरिरहेको र यो अभियानले सकारात्मक नतिजा दिइरहेको उपत्यका प्रहरीले जनाएको छ ।

अभियानअन्तर्गत चालु आर्थिक वर्षमा मात्रै एक हजार आठ सय जना पक्राउ परेका छन् ।

उनीहरुमध्ये एक सय ७८ जनामाथि भने मुद्दा नै चलाइएको र बाँकी एक हजार छ सयभन्दा बढीलाई अब त्यस्तो व्यवहार प्रदर्शन नगर्ने सर्तमा परिवारको जिम्मा लगाएर छाडिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved