करिअरका लागि रातारात घरबाट भागेका बलिउड अभिनेत्री

नेपालभ्युज

करिअरका लागि रातारात घरबाट भागेका बलिउड अभिनेत्री

काठमाडौं । बलिउड अभिनेत्री अदिति राव हैदरीले पतिसँग सम्बन्धविच्छेद गरेपछि अभिनयको संसारमा कदम राखेकी थिइन् । यसरी नै अन्य कैयौं अभिनेत्री छन् जसले आफ्नो करिअरका लागि घर परिवार त्यागेर रातारात भागेका थिए ।

आयशा सिंहको परिवारले चाहँदैनथ्यो कि उनी कानुनको पढाई छोडेर अभिनय गरुन् । तर, अभिनेत्री परिवारको विपरित गएर अभिनयलाई रोजिन् ।

चर्चित टेलिभिजन अभिनेत्री हिना खान पनि अभिनय गर्नका लागि आफ्नो परिवारसँग भिडेकी थिइन् । उनकी आमाले भने उनको साथ दिएकी थिइन् ।

बलिउडकी चर्चित विवादास्पद रानी अभिनेत्री कंगना रनौतले परिवारको विरुद्धमा गएर अभिनयलाई रोजेकी थिइन् । उनी घरबाट नै भागेकी थिइन् ।

अर्की टेलिभिजन अभिनेत्री करिश्मा सावन्तकी आमा पनि उनको अभिनयको विरुद्धमा थिइन् । तर सीरियल “ये रिस्ता क्या कहलाता हे” ले सबै परिवर्तन गरिदियो ।

एक समयमा पञ्जाबकी कैटरीना कैफ भनेर चिनिने शहनाज गिल पनि अभिनयमा आउनका लागि परिवारसँग अलग भएकी थिइन् । तर पछि उनको सफलतापछि भने परिवारले उनलाई साथ दियो ।

अभिनेत्री सुरवीन चावलालाई पनि परिवारको समर्थन प्राप्त भएन । जसले गर्दा उनी अभिनयमा जानका लागि परिवारको विरुद्ध गएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved