विराटनगर होस्टेल घटना

विद्यार्थीलाई लछारपछार पारेर निकाल्न खोज्ने महिला हिरासतमा, मिलापत्रको आग्रह मानेनन् पीडितले

हिरासतमा रहेकी मधुको परिवारले पीडित विद्यार्थीसँग मिलापत्र गर्न आग्रह गरिरहेका छन् । तर, विद्यार्थीहरूले मानेका छैनन् । उनीहरूले कानून बंमोजिम कारबाही हुनुपर्ने अडान राखेका छन् ।

नेपालभ्युज

विद्यार्थीलाई लछारपछार पारेर निकाल्न खोज्ने महिला हिरासतमा, मिलापत्रको आग्रह मानेनन् पीडितले

काठमाडौं । होस्टलमा बस्ने विद्यार्थी (छात्रा)लाई कुटपिट गरी निकाल्ने र किताबकापी फ्याँक्ने महिला तीन दिनदेखि प्रहरी हिरासतमा छिन् ।

विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु कटुवाल रेग्मीलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । घटनाको भोलिपल्ट बुधबार उनी काठमाडौं भाग्न लाग्दैगर्दा पक्राउ परेकी थिइन् ।

उनीमाथि अनुसन्धान गर्न अदालतले पाँच दिनको समय दिएको छ । अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले मङ्गलवार राति नर्सिङ पढ्ने छात्रालाई कुटपिट गरी मध्यरातमा होस्टलबाट निकालेकी थिइन् ।

हिरासतमा रहेकी मधुको परिवारले पीडित विद्यार्थीसँग मिलापत्र गर्न आग्रह गरिरहेका छन् । तर, विद्यार्थीहरूले मानेका छैनन् । उनीहरूले कानून बंमोजिम कारबाही हुनुपर्ने अडान राखेका छन् ।

विद्यार्थीले अग्रिम पैसा नदिएको भन्दै नर्सिङ छात्रालाई कुटपिट गर्दै निकालेकी थिइन् । होस्टलकी सञ्चालक मधुले अग्रिम रूपमा भाडा माग्दै छात्रालाई कुटपिट गरेर किताब कापी फ्यालेको घटना सामाजिक सञ्जालमा भिडिओमार्फत् सार्वजनिक भएको थियो ।

घटनापछि त्रासमा रहेका विद्यार्थी बिरामी भएका थिए ।

सम्बन्धित समाचार-

नर्सिङ पढ्ने छात्रालाई कुटपिट गरी मध्यरातमा होस्टलबाट निकालियो, किताब(कपडा पनि यसरी फालिन् सञ्चालकले (भिडिओ)

छात्रालाई कुटपिट गरी होस्टलबाट मध्यरातमा निकाल्ने महिलालाई खोज्दै प्रहरी, भागिन् काठमाडौं (भिडिओ)

होस्टलमा विद्यार्थीलाई लछारपछार गर्ने महिला प्रहरीको नियन्त्रणमा, के होला कारबाही ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved