सहकारी पीडितले काठमाडौंका विभिन्न स्थानबाट आज पैदलमार्च निकाल्ने

नेपालभ्युज

सहकारी पीडितले काठमाडौंका विभिन्न स्थानबाट आज पैदलमार्च निकाल्ने
फाइल तस्वीर

काठमाडौं । आफ्ना माग सुनाउन राजधानी आएका सहकारी पीडितले आज काठमाडौंमा बृहत प्रदर्शन गर्दैछन् । पीडितहरुले काठमाडौंका विभिन्न पाँच स्थानबाट प्रदर्शन गर्दै भृकुटीमण्डपमा पुगेर कोणसभा गर्ने तयारी गरेका छन् ।

देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका उनीहरुले कालिमाटी, गोंगबुको बिजी मल, शंखपार्क, सिफल चौर र जावलाखेलबाट  र्याली निकाल्ने बताएका छन् । ती पाँच स्थानबाट बिहान ११ बजे पैदलमार्च सुरु गर्दै पीडितहरु सुन्धारामा भेला हुने छन् ।

विभिन्न स्थानबाट निस्किएको पैदल मार्चको टोली सुन्धारामा भेला भइ भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुनेछ । उनीहरुले आफ्ना माग सम्बोधन नभए सहकारी विभागमै गएर धर्नामा बस्ने चेतावनी दिएका छन् ।

चैत मसान्तभित्र सबै सहकारी पीडितहरुको सावाँब्याज फिर्ता गरिसक्न सरकारले सहकारीलाई निर्देशन दिएपनि अहिलेसम्म फिर्ता नभएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) का अध्यक्ष कुशलभ केसीले बताए ।

सहकारी पीडितका केही प्रतिनिधि अहिले पनि सहकारी विभागमा अनशन बसीरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved