खोटाङको सामुदायिक वनमा लागेको डढेलो बस्ती पस्यो, नियन्त्रणको प्रयास जारी

नेपालभ्युज

खोटाङको सामुदायिक वनमा लागेको डढेलो बस्ती पस्यो, नियन्त्रणको प्रयास जारी
फाइल तस्वीर

काठमाडौं । खोटाङको बतासेस्थित सामुदायिक वनमा लागेको डढेलो गाउँमा सल्किदा लाखौं रुपैयाँको क्षति भएको छ । दिप्रुङ चुइचुम्मा खिसाकामा घर, गोठ र पशुचौपाया जलेर नष्ट हुँदा २० लाखबढीको क्षति भएको हो ।

बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई,सुवास राई तथा ताराकुमार राईको घर जलेर नष्ट भएका हुन् । स्थानीयले गाउँका अन्य घरलाई आगोबाट जोगाउन सफल भएका छन् ।

गाउँको चारैतिर फैलिएको सामुदायिक वनमा डढेलो लाग्दा खिसाका र ढाँडे बस्तीका स्थानीय त्रसित भएका छन् । साँझ परेपछि हवारातिर डढेलो फैलिँदै गएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएसपी चाम्लिङले जानकारी दिए ।

गाउँ पसेको डढेलो अस्थायी प्रहरीचौकी भँडारेघाट र प्रहरीचौकी दिप्रुङ चुइचुम्माबाट खटिएका प्रहरी, गाउँ प्रहरी र स्थानीयबासीले नियन्त्रणको प्रयास गरिरहेका छन् । सामुदायिक वनमा लागेको डढेलोले वनस्पति र जङ्गली जनावर नष्ट भएकाछन् ।

जिल्लाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका लागि स्थानीय बासिन्दासँगै प्रहरी परिचालन गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved