प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नागरिक उन्मुक्तिको ‘ह्विप’

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नागरिक उन्मुक्तिको ‘ह्विप’

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

फागुन ३० गते प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय भएको पार्टी अध्यक्षसमेत रहेकी संसदीय दलकी नेता रञ्जिता चौधरीले जानकारी दिइन् । उनले भनिन्, “आज बसेको बैठकबाट पक्षमा मतदान गर्न ह्विप जारी गरेको छु ।”

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते बुधबार विश्वासको मत लिँदै छन् । पार्टीका संरक्षक रेशम चौधरी भने यो सरकारको विपक्षमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved