विश्वकप फुटबल छनोटमा बहराइनविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

नेपालभ्युज

विश्वकप फुटबल छनोटमा बहराइनविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । विश्वकप फुटबलको एसियाली छनोटको दोस्रो चरणमा बहराइनविरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हो । नेपालले बहराइनसँग मार्च २१ र २६ तारिखमा खेल्दै छ ।

नेपालले दुवै म्याच बहराइनमा खेल्न लागेको हो । दशरथ र‌ंगशाला विश्वकप छनाेट खेल्न याेग्य नभएकाे भन्दै बहराइनले अस्वीकार गरेपछि हाेम एण्ड अवे म्याच नेपालले बहराइनमा खेल्न लागेकाे हाे ।

त्यसअघि मार्च १५ मा मलेसियामा घरेलु टोलीसँग पनि नेपाली टोलीले मैत्रीपूर्ण खेल खेल्ने छ। यस्तै, मलेसिया र बहराइनसँग खेल्ने टोलीलाई एन्फाले बिदाईं गरेको छ।

नेपाली टोली :

गोलकिपर : किरणकुमार लिम्बु, अभिशेष बराल र विशाल सुनार

डिफेन्डर : अभिशेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिष श्रेष्ठ, सौभाग्य राई र सुमित श्रेष्ठ

मिडफिल्डर : भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मनिकुमार लामा, मनिष डाँगी, रोहन कार्की र उत्सव राई

फरवार्ड : अन्जन विष्ट, दिनेश हेन्जन, हिसहुब थपलिया, समिर तामाङ, सन्जिव विष्ट र जेलेस्पीजङ कार्की ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved