राष्ट्रियसभा उपाध्यक्षमा एकीकृत समाजवादीको दाबी

राजीनामा दिँदै अर्याल

नेपालभ्युज

राष्ट्रियसभा उपाध्यक्षमा एकीकृत समाजवादीको दाबी

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) ले दाबी गरेको छ ।

यसबारे मङ्गलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुरा राखिसकेका छन् ।

यसमा प्रधानमन्त्री प्रचण्ड र ओलीले सहमति जनाइसकेको एकीकृत समाजवादीका नेताहरूको दाबी छ । “यसमा लगभग सहमति भइसकेको छ,” एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले भने ।

त्यसो त एकीकृत समाजवादी मिसिएपछि यसअघि गठबन्धनसम्बद्ध दलहरूले गरेको ८ बुँदे सहमतिको २ नं. बुँदा सच्याइएको छ । यसअघि उपाध्यक्ष एमालेले पाउने सहमति थियो भने अहिले उक्त बुँदा सच्याइएको हो ।

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित, को हुन् उनी ? 

अरु गठबन्धन दलहरूले भने छलफलमार्फत टुङ्ग्याउने बताइरहेका छन् ।

हाल उपाध्यक्ष रहेकी उर्मिला अर्यालले भने राजीनामा दिँदैछिन् । उनले बुधबार पदबाट राजीनामा दिने बताएकी छन् ।

नेकपा (माओवादी केन्द्र) को कोटाबाट उपाध्यक्ष बनेकी अर्यालले माओवादीकै नारायण प्रसाद दाहाल अध्यक्ष बनेपछि राजीनामा गर्न लागेकी हुन् ।

यद्यपि उनले आफू पनि अध्यक्षको आकांक्षा भएको बताएकी थिइन् । तर, पार्टीले दाहाललाई अगाढि बढायो भने उपाध्यक्ष पद अर्को दलको भागमा पर्‍यो । यसपछि उनले राजीनामा दिन लागेकी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved