पाकिस्तानमा आवासीय भवन भत्किँदा एकै परिवारका सातसहित ९ जनाको मृत्यु

नेपालभ्युज

पाकिस्तानमा आवासीय भवन भत्किँदा एकै परिवारका सातसहित ९ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

उक्त तीनतले भवन मङ्गलबार बिहानै भत्केको जानकारी पाउँनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपतकालीन अधिकारी कलीम उल्लाहले सिन्ह्वालाई बताएका छन् ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको उनले जानकारी दिए ।

मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेको उल्लाहले बताए । भवन भत्किनुको कारणबारे अनुसन्धान सुरु गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved