डलर घट्दा यूरोको मूल्य स्थिर

नेपालभ्युज

डलर घट्दा यूरोको मूल्य स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलरको विनिमय दर केही घटेको छ भने युरोको दर स्थिर रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ७२ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ २० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ४९ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved