दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब ९२ करोड 

नेपालभ्युज

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब ९२ करोड 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्से दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक २२ दशमलव १० अंकले वृद्धि भएर २०५२ दशमलव ६५ अंमा पुगेको छ ।

आज ३०४ कम्पनीका ५६ हजार ७ सय २६ पटकको कारोबारमा ७ लाख ४३ हजार ४ सय ५७ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५ सय ५८ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव २६ अंकले बढेर ३६४ दशमलव ५३ को विन्दुमा पुगेको छ ।

आज हाइड्रो पावर कम्पनीहरूको २६ लाख ६३ हजार १ सय १ कित्ता सेयर किनबेच हुँदा ८४ करोड ६० लाख १३ हजार ६ सय ४ रुपैयाँको कारोबार भएको छ । भने कर्पोरेट सेक्टरको कारोबार रकम २६ लाख ८४ हजार ६ सय ६३ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved