अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्छ : अध्यक्ष ढकाल

नेपालभ्युज

अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इकोनोमिक एजेण्डामा राजनीतिक दलहरु एक नआइकन देशको अर्थतन्त्र अघि बढ्न नसक्ने बताए ।

उनले देश रहे, देश समृद्ध राष्ट्र भए नै राजनीतिक गर्ने ठाउँ हुने बताए ।

चैत्र २८ गतेको महासंघको साधारण सभामा राजनीतिक दलका अध्यक्ष, पूर्वप्रधानमन्त्री र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबैको प्रतिनिधित्व हुनेगरी एउटा कार्यक्रम गर्न लागेको उनले जानकारी दिए ।

अध्यक्ष ढकालले सरकारले बाइलेट्रल इन्भेष्टमेण्ट एग्रिमेण्ट (बिपा) छिटो पास गर्न आवश्यक रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved