सरकार र निजी क्षेत्रबीच सहकार्य नभएसम्म आर्थिक क्षेत्रमा फड्को मार्न सकिँदैन : मन्त्री महासेठ

नेपालभ्युज

सरकार र निजी क्षेत्रबीच सहकार्य नभएसम्म आर्थिक क्षेत्रमा फड्को मार्न सकिँदैन : मन्त्री महासेठ

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार र निजी क्षेत्रको बीचमा सहकार्य नभएसम्म आर्थिक क्षेत्रमा फड्को मार्न नसकिने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित नेपाल तयारी पोशाक उद्योग संघको २९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले देश बनाउने जिम्मा निजी क्षेत्रको मात्रै नभइ सरकारको पनि बताए ।

मन्त्री महासेठले नेपालको आर्थिक वृद्धिदर अहिले ७.१ प्रतिशतबाट झरेर दुई प्रतिशत भन्दा तल आएको जानकारी दिए ।

केपी शर्मा ओली यसअघि प्रधानमन्त्री रहँदा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहेको उनको दाबी थियो । उनले अर्थतन्त्र सबल बनाउन सबै राजनीतिक दलहरुको भुमिका महत्वपूर्ण रहेको बताए ।

उपप्रधानमन्त्री महासेठले नेपालले तयारी पोशाकमा धेरै ठूलो परिवर्तन गर्नसक्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved