तनहुँमा आगलागीबाट एक जना बालकको मृत्यु

नेपालभ्युज

तनहुँमा आगलागीबाट एक जना बालकको मृत्यु

तनहुँ। तनहुँको ऋषिङ गाउँपालिका वडा नम्बर ६ दाउन्नेमा आगलागीमा परेर पाँच वर्षका बालकको मृत्यु भएको छ ।

ऋषिराम थापामगरको घरमा कोही नभएका बेला आगो लागेको हो । उनको नातिले लाइटर खेलाउँदा आगलागी भएको र जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यस्तै तनहुँकै देवघाट गाउँपालिका वडा नम्बर २ मा चितामा आगो लगाउने क्रममा जलेर दुई जना घाइते भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved