राष्ट्रपति पौडेलले गरे पशुपतिनाथ मन्दिरमा पूजा

नेपालभ्युज

राष्ट्रपति पौडेलले गरे पशुपतिनाथ मन्दिरमा पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पुगेर पूजा अर्चना गरेका छन् ।

शुक्रबार दिउँसो राष्ट्रपति पौडेलले पशुपतिनाथको दर्शनसँगै पूजा अर्चना गरेका हुन् । महाशिवरात्रिमा नेपालका राष्ट्राध्यक्षले पशुपतिनाथको दर्शन गर्ने प्रचलन छ ।

शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा रातिदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ ।

यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved