संविधानमा गर्भपतनको अधिकार समावेश गर्ने विश्वको पहिलो देश बन्यो फ्रान्स

नेपालभ्युज

संविधानमा गर्भपतनको अधिकार समावेश गर्ने विश्वको पहिलो देश बन्यो फ्रान्स

काठमाडौं । अब फ्रान्समा गर्भपतनलाई संवैधानिक अधिकार बनाइएको छ । फ्रान्स आफ्नो संविधानमा गर्भपतनको अधिकार समावेश गर्ने विश्वको पहिलो देश हो।

फ्रान्सेली संसदका सदस्यहरूले यसका लागि संवैधानिक संशोधनलाई अनुमोदन गरेका छन् । गर्भपतनलाई संवैधानिक अधिकार बनाउन फ्रान्सको सन् १९५८ को संविधान संशोधन गरिएको थियो।

यसबाट महिलालाई गर्भपतन गराउने स्वतन्त्रता दिइएको छ । फ्रान्सको संसदमा यो संशोधनको पक्षमा ७८० मत परेको थियो भने विपक्षमा ७२ मत परेको थियो । संशोधन पारित हुनेबित्तिकै संसदका सदस्यहरुले उठेर स्वागत गरेका थिए ।

संशोधन पारित भएपछि राष्ट्रपति इमानुएल म्याक्रोनले यसलाई फ्रान्सका लागि गौरवको विषय भनेका छन् । उनले यो संविधान संशोधनले विश्वलाई सन्देश दिने बताए ।

तर, गर्भपतन विरोधी संगठनहरुले सरकारको यो कदमको विरोध गरेका छन् । रोमन क्याथोलिक चर्चको मुख्यालय भ्याटिकन पनि यसको विरुद्धमा छ।

फ्रान्समा गर्भपतन कानुनी छ । तर, देशका ८५ प्रतिशत जनताले यसलाई संविधानमा ग्यारेन्टी गर्न चाहन्थे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved