गृह नछाड्ने रास्वपाको बटमलाइन

नेपालभ्युज

गृह नछाड्ने रास्वपाको बटमलाइन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय नछाड्ने दाबी गरेको छ । रास्वपाले गृहमन्त्रालय सहित ४ मन्त्रालय दाबी गरेको हो ।

गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने पार्टी उपसभापति स्वर्णिम वाग्लेले बताए ।

गृह छोडेर सरकारमा जानुको औतित्य नहुने वाग्लेको भनाइ छ । मन्त्रालय बाँडफाँटका लागि नयाँ बनेको  सत्ता गठबन्धन कार्यदलको बैठक दिउँसो बस्दैछ ।

मन्त्रीहरुको बाँडफाँडका लागि एमालेबाट महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ खटिएका छन् ।

कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुंगो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने बताइएको छ ।

मन्त्रालयमा सहमति जुटाउन बाँकी रहेकाले सोमबार गठबन्धनबाट एक एक जना मन्त्रीले विना विभागगीय मन्त्रीकारुपमा सपथ लिएका छन् ।

रास्वपाबाट डिपी अर्याललाई सरकारमा पठाइएको छ । गृहमा अन्य दलको पनि दाबी रहेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई मनाउने जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved