रंगशालाको स्तरोन्नति नहुँदा बहराइनविरुद्धको खेल घरेलु मैदानमा नहुने

नेपालभ्युज

रंगशालाको स्तरोन्नति नहुँदा बहराइनविरुद्धको खेल घरेलु मैदानमा नहुने

काठमाडौं । विश्वकप फुटबल छनोटको दोस्रो चरणमा घरेलु मैदानमा हुने खेल स्थगित भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार जारी गरेको विज्ञप्तिमा एसियाली फुटबल महासंघ (एएफसी)ले नेपालको अन्तर्राष्ट्रिय रंगशालाको अवस्था छनोट खेल संचालनको लागि अयोग्य ठहर गरेको उल्लेख गरेको छ ।

एएफसीले स्थलगत निरीक्षणपश्चात एन्फालाई मैदान विश्वकप छनोटको लागि अयोग्य भएको जानकारी गराएको हो ।

रंगशालामा विभिन्न खेल गतिविधि तथा अन्य गतिविधिका कारण मैदानको स्तरोन्नतिका लागि समय अपुग हुँदा र छनोट खेलको लागि गुणस्तर सन्तोषजनक नभएका कारण एएफसीले घरेलु मैदानमा हुने खेलको स्थान परिवर्तन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

छनोटको दोस्रो चरणमा नेपालले बहराइनसँग मार्च २१ र २७ मा प्रतिस्पर्धा गर्नेछ। ‘होम एण्ड अवे’ फम्र्याटमा खेलाइने २ खेलमध्ये एक खेल नेपाल र एक बहराइनमा खेलाइनु पर्ने थियो।

तर, मैदानको गुणस्तर खस्किँदा घरेलु मैदानमा खेलाइने खेललाई देश बाहिरको भेन्यूमा खेलाइने भएको छ।

विदेशी भूमिमा हुने खेलको विस्तृत जानकारी एन्फाले चाँडो दिने बताएको छ। फुटबलप्रेमीलाई यस्तो निर्णयले पुग्ने गरेको खेदप्रति एन्फाले माफी मागेको छ।

साथै, भविष्मा यस्तो अवस्था सृजना हुन नदिन यसलाई फुबटलको भौतिकपूर्वाधारको विकास गर्न उत्प्रेरणाको रुपमा लिइने एन्फाले जनाएको छ।


Comment

One thought on “रंगशालाको स्तरोन्नति नहुँदा बहराइनविरुद्धको खेल घरेलु मैदानमा नहुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved