इन्चार्ज खोसिएपछि प्रचण्डलाई खगराजको चार प्रश्न (पत्रसहित)

नेपालभ्युज

इन्चार्ज खोसिएपछि प्रचण्डलाई खगराजको चार प्रश्न (पत्रसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्टले  इन्चार्जबाट हटाइएपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चार बुँदे पत्र लेखेका छन् ।

सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी खोसिएपछि  मंगलबार भट्टले स्थायी समितिको निर्णयप्रति गम्भीर असहमति जनाउँदै प्रचण्डलाई चार प्रश्नमार्फत् पत्र लेखेका हुन् ।

उनले पत्रमा लेखेका छन्, ‘प्रथम विधान अधिवेशनको दिशा निर्देशलाई लत्याउँदै, सुदूरपश्चिम प्रदेशका हजारौं कार्यकर्ता र लाखौं जनसमुदायको आशा र भरोसामाथि बज्रपात गर्दै स्थायी समितिको बैठकबाट गरिएको संगठनात्मक र संसदीय कार्यविभाजन सम्बन्धमा गम्भीर आपत्ति र असहमति व्यक्त गर्दछु ।’

उनले स्थायी समितिमा अध्यक्षबाट पेस भएका प्रस्ताव र निर्णयमा अनेकौं प्रश्न गम्भीर रूपमा देखापरेको बताएका छन् ।  ‘स्थायी समिति बैठकवाट जुन निर्णय पारित भयो यसले सुदूरपश्चिमको पार्टीभित्र देखा परेको अराजकतालाई निरूत्साहित गर्छ वा प्रोत्साहन?’ उनले प्रश्न गरेका छन्, ‘यो निर्णयले पार्टीलाई नै जीवन ठान्ने इमानदार कार्यकर्ताहरूलाई उत्साहित गर्छ या निराशतामा धकेल्छ?’

भट्टले प्रश्न गरेका छन्, ‘पार्टी संस्थागत निर्णयबाट वा अमुक व्यक्तिको चाहनाबाट सञ्चालन हुन्छ ?’

अराजकतालाई दण्डित गर्नुपर्ने अवस्थामा झन् प्रश्रय गर्ने कदमले पार्टीमा दण्डहीनताले कस्तो रूप लिन्छ भन्ने  उनको चौथो  प्रश्न छ।

उनले स्थायी समितिको निर्णयले आफ्नो  राजनीतिक र व्यक्तिगत जीवनलाई समाप्त पार्ने निर्णयको रूपमा बुझेको बताएका छन् ।

यस्तो छ पत्र 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved