बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

नेपालभ्युज

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी  स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सवारी दुर्घटनामा भोजपुरी फिल्म उद्योगका चार स्टार कलाकारसहित ९ जनाको मृत्यु भएको छ ।

आइतबार साँझ भएको उक्त दुर्घटनामा वेब सिरिज ‘पञ्चायत २’ फेम्ड अभिनेत्री आँचल तिवारी,  सिमरन श्रीवास्तव, गायक छोटू पाण्डे र विमलेश पाण्डेको  मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा  मृत्यु हुने अन्य पाँच जना पनि उक्त गाडीमै सवार थिए । उनीहरुको सोमबार बिहान  सनाखत  भएको भारतीय  प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

दुर्घटनापछि ट्रक चालक घटनास्थलबाट फरार भएको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved