राष्ट्रिय सभा अध्यक्ष पदमा दाबी छोड्न नहुने पक्षमा अधिकांश माओवादी नेताहरु

नेपालभ्युज

राष्ट्रिय सभा अध्यक्ष पदमा दाबी छोड्न नहुने पक्षमा अधिकांश माओवादी नेताहरु

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले राष्ट्रियसभाको अध्यक्ष पद पार्टीले छोड्न नहुने धारणा राखेका छन् ।

मंगलवार पार्टी मुख्यालय पेरिसडाँडामा बसेका पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा बारे आ-आफनो मत राख्दै अध्यक्ष पद भने पार्टीले छाड्नु नहुने मत राखेका हुन् ।

राष्ट्रिय सभा अध्यक्ष नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला हुने चर्चा चलिरहेका छ । तर, माओवादी स्थायी कमिटीका नेताहरुले भने सो पद पार्टीले छोड्न नहुने मत राखेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

त्यसैगरी बैठकमा पार्टी नेताहरुको कार्य विभाजन, भावी योजना लगायतका विषयमा पनि छलफल गरिएको छ । प्रवक्ता सापकोटाकाअनुसार बैठकमा काँग्रेस महासमिति बैठक प्रस्तुत गठबन्धनसम्बन्धी धारणाका बारेमा पनि नेताहरुले प्रतिक्रिया दिएका थिए ।

स्थायी कमिटी बैठक भोलि (बुधवार) पनि बोलाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved