स्थानीय पर्यटन प्रवर्द्धनका लागि भ्लग बनाउँदै युवा 

नेपालभ्युज

स्थानीय पर्यटन प्रवर्द्धनका लागि भ्लग बनाउँदै युवा 

कठमाडौं । दक्षिणकाली नगरपालिका वडा नम्बर ३ का युवाले स्थानीय स्तरको पर्यटन प्रवर्द्धनका लागि भ्लग भिडियो बनाउन सुरु गरेका छन् ।

उनीहरूको भ्लग भिडियोमा स्थानीय ऐतिहासिक पर्यटकीय क्षेत्रहरूलाई देख्न सकिन्छ । साथै, उनीहरूले दक्षिणकाली नगरपालिका क्षेत्रका विभिन्न संस्कृति, चालचलन, रीतिरिवाज र प्रचलित स्थानीय प्रथाहरूलाई पनि भिडियोमा समेट्ने गरेका छन् ।

स्थानीय पर्यटकीय क्षेत्र बचाउन र पर्यटकहरूलाई आकर्षण गर्ने उद्देश्यले सुरु गरिएको यो नयाँ तरिका भएकाले सुरुवाती समयमा निकै समस्याहरूको सामना गर्नुपरिरहेको स्थानीय एक युवा रोहन केसी बताउँछन् ।

दक्षिणकाली नगरपालिकामा पर्यटकीय क्षेत्रहरू पर्याप्त मात्रामा छ’, उनले भने ‘तर यी मध्ये कतिपय जीर्ण अवस्थामा छन्, तिनीहरूको संरक्षण र प्रचारप्रसारको लागि स्थानीय सरकार र स्थानीय व्यक्तिहरूलाई पनि दबाब दिने उद्देश्यसहित यो काम सुरु गरेका हौँ ।’

उनीहरूले उक्त भ्लग भिडियोको नाम ‘तौथली पातिङगल’ दिएका छन् ।

जसको निर्माणमा तौथली पातिङगल यूथ क्लबका युवाहरू जुटेका छन् । उक्त भिडियोको निर्माण टिममा रोहन केसी, बुलेट राजा, महेश केसी, ब्रदेश केसी, जगनाथ खड्का, समीप केसी, देव श्रेष्ठ, रोशन केसी, निराजन केसी, अजय खत्री, सरोज केसी, सुस्मा केसी लगायत रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved