विशेष अदालतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

नेपालभ्युज

विशेष अदालतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंले गरेका मुद्दाको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

प्रतिवादी अरुण कुमार गुरुङविरुद्धको विद्युत महसुल हिनामिना मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

गुरुङले ग्राहकहरुले बुझाएको विद्युत महसुल हिनामिना गरेकोले ग्राहकको नाममा उक्त हिनामिनाबाट बक्यौता देखिन गएको नियमानुसारको रिबेट तथा थप दस्तुरसहितको महसुल रकम ८ लाख ७३ हजार ५४२ रुपैयाँ बिगोको दोब्बर जरिवाना माग गरेर आयोगले मुद्दा दायर गरेको थियो ।

तर, विशेष अदालतले गुरुङलाई आरोपदावी भन्दा फरक बिगो कायम गरी फैसला गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved