संसदमा सुनिता बरालको प्रश्न: लघुवित्त पीडितको घरजग्गा साहूले खोस्दा सरकार किन टुलुटुलु हेरिरहेको छ ?

झापादेखि कञ्चनपुरसम्मका पीडितहरू २३ दिन हिँडेर काठमाडौं आउँदै गर्दा बिहीबार संसद् बैठकमा विशेष समय लिएर बोल्दै सांसद बरालले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

नेपालभ्युज

संसदमा सुनिता बरालको प्रश्न: लघुवित्त पीडितको घरजग्गा साहूले खोस्दा सरकार किन टुलुटुलु हेरिरहेको छ ?

काठमाडौं । नेकपा एमाले सांसद सुनिता बरालले लघुवित्त पीडितहरूको समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

झापादेखि कञ्चनपुरसम्मका पीडितहरू २३ दिन हिँडेर काठमाडौं आउँदै गर्दा बिहीबार संसद् बैठकमा विशेष समय लिएर बोल्दै सांसद बरालले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

नागरिकहरू ऋणको पासोमा पार्नुको पछाडि राज्यको नीति कार्यक्रम र कार्यान्वयन गर्ने निकाय जिम्मेवार रहेको उनले टिप्पणी गरिन् ।

‘‘आज धेरै जनताहरू लघुवित्तबाट घरबार विहीन भयौँ भनेर पीडित बनेका छन् । लघुवित्तसँग जोडिएका नेपाली नागरिकहरू ६० लाख पुगेका छन् । २०८० पौष मसान्तसम्म ७७ जिल्लामा शाखा पुगेको छ । शाखाहरू ५ हजार ७६ छन् । कुल लगानी ४ सय ४१ अर्ब र कुल बचत १ सय ६८ अर्ब छ । कुल ऋणीहरू नै २६ लाख ३६ हजार छन् । कुल कर्मचारीहरू २२ हजार कार्यरत छन् । न्यून आर्थिक स्रोत भएका ठुलो सङ्ख्यामा नेपालीहरू यस क्षेत्रमार्फत ऋणको पासोमा पार्नुको पछाडि हाम्रो, नीति कार्यक्रम र कार्यान्वयन गर्ने संरचना जिम्मेवार हुनुपर्छ कि पर्दैन ? नागरिकहरू हप्तौँ हिँडेर काठमाडौं आएका छन् । यो अवस्थाबाट हामी सबै लज्जित हुनुपर्छ’’ सांसद बरालले भनिन् ।

गाउँ गाउँमा लघुवित्तीय संस्थाहरूको ज्यादती धेरै भएको भन्दै पीडितहरू न्यायको लागि काठमाडौं केन्द्रित आन्दोलन गरिरहँदा सरकार सरकारले सरकार छ भन्ने अनुभूति दिलाउन नसकेको उनले टिप्पणी गरिन् ।

‘‘पीडितहरू आज सडकमा भनिरहेका छन्, वर्षाैँदेखि किस्ता तिरिरहेका छौँ तर, ऋण घटेको छैन । बालबालिका श्रममा छन् । पीडितहरू थुनिनु परेको छ । घरजग्गा साहूले खोसेका छन् । तर, पीडा राज्यको किन टुलुटुलु हेरिरहेको छ’’ उनले भनिन्, ‘‘यो समस्या समाधानको लागि कसले रोक्यो ? कानुनले रोकेको भए सदनबाट बनाएर भए पनि समाधान गर्नुपर्छ । तर, बनेका कानुन पनि किन कार्यान्वयन भएन ? राज्यले नीति छ विधि छ भन्ने अनुभूति दिलाउन नसक्ने हो भने यस्ता संस्थाबाट जनता पीडित हुँदै जाने र राज्य फेलियर हुँदै जाने छ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved