सितापाइलामा मृत भेटिएका तीनै जनाको पहिचान खुल्यो, श्रीमान् पनि झुण्डिएको अवस्थामा फेला

नेपालभ्युज

सितापाइलामा मृत भेटिएका तीनै जनाको पहिचान खुल्यो, श्रीमान् पनि झुण्डिएको अवस्थामा फेला

काठमाडौं । काठमाडौंको सितापाइलामा मृत अवस्थामा भेटिएका तीन जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ तथा छोरी ८ वर्षीया अनिशा श्रेष्ठ र साढे २ वर्षीया नातिनी शिवानी श्रेष्ठ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यता, ईश्वरीको श्रीमान् राजु घिमिरे पनि नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भएका उनीहरु नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित बद्री चापागाईंको घरमा डेरामा बस्दै आएका थिए ।

घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरिरहेको छ ।

(-समाचारमा भएको त्रुटि सच्याइएको छ ।)

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved