अवडिभका कोक र रासायनिक प्लान्ट पूर्ण नियन्त्रणमा लिएको रुसको दाबी

नेपालभ्युज

अवडिभका कोक र रासायनिक प्लान्ट पूर्ण नियन्त्रणमा लिएको रुसको दाबी

काठमाडौं । रुसी सेनाले अवडिभका कोक र रासायनिक प्लान्ट पूर्ण नियन्त्रणमा लिएको बताएको छ ।

रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै रूसी सेनाले अवडिकाका कोक र रासायनिक प्लान्ट पूर्ण रूपमा नियन्त्रणमा लिएको जनाएको छ ।

रुसी सेनाले युक्रेनी सेनाको ७१ औं जेगर र २३ औं मेकानाइज्ड ब्रिगेडका साथै डोनेट्स्कमा रहेको ११६ औँ क्षेत्रीय रक्षा ब्रिगेडको जनशक्ति र हार्डवेयरलाई पनि आक्रमण गरेको बताएको छ ।

यसै बीच रुसले केहि युक्रेनी सैनिकको मृत्यु भएको र ठूलो सङ्ख्यामा घाइते भएको बताएको छ । दुईवटा बख्तरबन्द लडाकु सवारी साधन, २३ वटा मोटर, दुईवटा अमेरिकी निर्मित एम–७७७ होविट्जर र एउटा डी–३०– होइटाइजर ध्वस्त पारेको दाबी गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved