एमाले कैलाली अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

नेपालभ्युज

एमाले कैलाली अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । कैलालीको सुखडमा हुन लागेको अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् ।

आज र भोली हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षका लागि यज्ञराज ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डेले दाबी गरिरहेका छन् । ढुङ्गाना पूर्व प्रदेश कमिटी सचिवालय सदस्य हुन् । जोशी कैलालीको कार्यवाहक अध्यक्ष र पाण्डे सचिव हुन् ।

अहिलेसम्मको अवस्था हेर्दा जिल्लाको नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने देखिएको छ । जिल्लाको नेतृत्व आफ्नो व्यक्तिको पक्षमा पार्न एमालेका केन्द्रीय नेतासमेत लागेका छन् ।

सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयास भइरहेको बताइए पनि सहमतिको सम्भावना न्यून भएको नेताहरुको भनाई छ । कार्यकर्ताले चुनावी प्रतिष्पर्धा चाहे पनि नेतृत्वको स्वार्थका कारण सहमतिका नाममा राजनीति भएको भन्दै कतिपयले असन्तुष्टि व्यक्त गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved