कक्षा १२ को परीक्षा बैशाख १४ गतेदेखि

नेपालभ्युज

कक्षा १२ को परीक्षा बैशाख १४ गतेदेखि

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आगामी बैशाख दोस्रो सातादेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा बैशाख १४ गतेदेखि हुने कार्यतालिका सार्वजनिक गरेको हो ।

साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक भएको हो । परीक्षा वैशाख २६ गते सकिने छ ।

पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुने छ ।

सोही दिन नयाँ कोर्सको सँस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक सँस्कृत रचनाको पनि परीक्षा हुने कार्यतालिकामा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved