रुसको बेलगोरोडमा युक्रेनी रकेट आक्रमण : ७ को मृत्यु, १८ घाइते

नेपालभ्युज

रुसको बेलगोरोडमा युक्रेनी रकेट आक्रमण : ७ को मृत्यु, १८ घाइते

काठमाडौं । रुसको बेलगोरोडमा युक्रेनी रकेट आक्रमणमा सात जनाको मृत्यु भएको र अन्य १८ जना घाइते भएको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हमलाले बेल्गोरोडको एक सपिङ सेन्टरलाई निशाना बनाएको थियो ।

मृत्यु हुनेमा एक बालक र घाइतेमध्ये चार बालबालिका समेत रहेको मन्त्रालयले जनाएको छ । एक किराना पसल र फार्मेसी रहेको सपिङ सेन्टरलाई युक्रेनी सशस्त्र सेनाले गरेको रकेट आक्रमणको कारण ठूलो क्षति पुगेको बताइएको छ ।

रुसको रक्षा मन्त्रालयकाअनुसार रुसी वायु रक्षाले बेलगोरोड क्षेत्रमा १४ आरएम—आरएम ७० भामपायर एमएलआरएस रकेट खसालेको हो ।

रुसी विदेश मन्त्रालयले नागरिक र नागरिक पूर्वाधार विरुद्धको आक्रमणको कडा निन्दा गरेको छ । अपराधको अनुसन्धान गरिने र दोषीहरूलाई कडा गर्ने बताइएको छ ।

रुसले यो मुद्दालाई संयुक्त राष्ट्र सुरक्षा परिषद् र अन्य अन्तर्राष्ट्रिय संगठनहरूमा विचारका लागि उठाउन चाहेको मन्त्रालयले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved