दियो चोरेको आरोपमा मलमूत्र खुवाएर दुर्व्यवहार, एक जना पक्राउ

नेपालभ्युज

दियो चोरेको आरोपमा मलमूत्र खुवाएर दुर्व्यवहार, एक जना पक्राउ

काठमाडौं । मोरङमा एक महिलामाथि दियो चोरेको आरोपमा अमानवीय व्यवहार भएको छ ।

बूढीगंगा गाउँपालिका-७ मा दियो चोरेको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई कुटपिट गरि मलमूत्र खुवाएको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा बुढीगंगा गाउँपालिका-७ की पारो माझीलाई पक्राउ गरिएको छ ।

माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो चारेको आरोपमा ती महिलामाथि बिहिबार दिउँसो बोक्सी भन्दै दुर्व्यवहार भएको थियो ।

उजुरीपछि माझीलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved