आगामी वर्षको बजेट सीमा १८ खर्ब

नेपालभ्युज

आगामी वर्षको बजेट सीमा १८ खर्ब

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेट १८ खर्ब रुपैयाँको ल्याउन सिफारिस गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब बराबरको बजेट सिलिङ तोकेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

शुक्रबार मन्त्रालयमा बजेट र बजेट संशोधनका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले वैदेशिक सहायता अपेक्षित आउन नसकेकोले बजेटको आकार चालु वर्षको तुलनामा करिब ५० अर्ब मात्रै बढाउन आयोगले सिफारिस गरेको बताए ।

सरकारले चालु वर्षमा १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved