ललिता निवास प्रकरणमा पूर्वमन्त्रीहरु गच्छेदार, जोशी र श्रेष्ठले पाए सफाइ

नेपालभ्युज

ललिता निवास प्रकरणमा पूर्वमन्त्रीहरु गच्छेदार, जोशी र श्रेष्ठले पाए सफाइ

काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा निर्णय प्रक्रियामा सामेल भएका तत्कालिन मन्त्रीहरुलाई सफाइ दिएको छ ।

अदालतले तत्कालिन मन्त्रीहरु विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बरकुमार श्रेष्ठलाई सफाइ दिएको हो ।

विशेष अदालतले निर्णय प्रक्रियामा मन्त्रीपरिषदका कुनै एकजनाको मात्रै संलग्नता नहुने भन्दै आरोपमा दाबी पुग्न नसकेको ठहर गरेको हो ।

विशेष अदालतले पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मुछिएका तत्कालिन सचिव दिनेशहरी अधिकारीलाई पनि आरोपबाट सफाइ दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved