फोहर टिप्ने बहानामा गरगहना चोरी गर्ने पाँच भारतीय पक्राउ

नेपालभ्युज

फोहर टिप्ने बहानामा गरगहना चोरी गर्ने पाँच भारतीय पक्राउ

काठमाडौं । काठमाडौंमा फोहर टिप्ने बहानामा गरगहना चोरी गर्ने पाँच जना भारतीय पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरीका गरगहनासहित उनीहरूलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारतको समस्तीपुर घर भएका लक्का भन्ने विकास पोदार, सोही स्थान घर भएका ४० वर्षीय सञ्जय पोदार, ५० वर्षीया मञ्जुदेवी पोदार, बेगुसरा घर भएका २८ वर्षीय जितेन्द्र पोदार र वैशाली घर भएका २७ वर्षीय भाइलाल पोदार छन् ।

दिउँसोको समयमा घरमा कोही नभएको मौका पारी घरको ढोका फुटाएर उनीहरुले सुनका विभिन्न गरगहना र नगद धनमाल चोरी गर्ने गरेका थिए ।

उनीहरुले माघ २८ गते गोकर्णेश्वर नगरपालिका-४ माकलबारीस्थित दिलमाया आलेमगरको घरबाट नगद र गरगहना गरी ६५ लाख रुपैयाँको धनमाल चोरेको पाइएको छ ।

साथै, उनीहरुले बूढानीलकण्ठस्थित दिनेश घिमिरेको घरबाट २५ लाख बराबरको सुन तथा नगद र गोकर्णेश्वर नगरपालिका-३ की गीता राईको घरबाट ४१ लाख रूपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved