युएईको पहिलो हिन्दु मन्दिर भक्तजनका लागि खुला

नेपालभ्युज

युएईको पहिलो हिन्दु मन्दिर भक्तजनका लागि खुला

काठमाडौं । संयुक्त अरब इमिरेट्स युएईको अबुधाबीमा बनेको पहिलो हिन्दु मन्दिर भक्तजनका लागि खुला गरिएको छ ।

यस मन्दिरको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । यो मन्दिर बोचासन निवासी श्री अक्षर पुरुषोत्तम स्वामिनारायण संस्था अर्थात् बीएपीएसले निर्माण गरेको हो ।

मन्दिरका लागि जग्गा संयुक्त अरब इमिरेट्सले दिएको थियो ।

यो मन्दिर करिब २७ एकड जमिनमा ७ सय करोडको लागतमा निर्माण गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved