विश्वकप क्रिकेट लिग–२

नामिबियाविरुद्ध नेपालको १०० रन पूरा, गुल्सन पनि आउट

नेपालभ्युज

नामिबियाविरुद्ध नेपालको १०० रन पूरा, गुल्सन पनि आउट

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नामिबियाविरुद्ध नेपालले १०० रन पूरा गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले २९.१ ओभरमा ७ विकेटको क्षतिमा १०० रन पूरा गरेको हो।

यसलगत्तै गुल्सन झा पनि आउट भएका छन्। गुल्सन २१ रनमा आउट भए। उनलाई नामिबियाका गेर्हार्ड इरास्मसले आउट गरे।

अहिले नेपालका लागि करण केसी र पवन सर्राफले ब्याटिङ गरिरहेका छन्।

यसअघि सोमपाल कामी २, कुशल मल्ल १५, अनिल साह ८, आसिफ शेख ४, र कप्तान रोहित कुमार पौडेल १ रनमा आउट भए। कुशल भूर्तेल भने डगआउट भए।

९.३ ओभरमा ४ विकेट गुमाएर धर्मराएको नेपाली ब्याटिङलाई भीम सार्की र कुशल मल्लले केहि सम्हालेका थिए। भीम र कुशलले ५ औं विकेटका लागि ४६ रनको साझेदरी गरे।

नेपालले ३२ ओभरमा ८ विकेटको क्षतिमा १०७ रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved