कोरियन भाषा परीक्षा आगामी फागुन ७ देखि, चिट चोरेमा ४ वर्षसम्म जाँच दिन नपाइने

नेपालभ्युज

कोरियन भाषा परीक्षा आगामी फागुन ७ देखि, चिट चोरेमा ४ वर्षसम्म जाँच दिन नपाइने

काठमाडौं । कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि हुने भएको छ । परीषा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा हुने छ ।

परीक्षाको अघिल्लो दिन फागुन ६ गते ईपीएस कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशनका लागि उपस्थित हुनु पर्ने छ ।

परीक्षा केन्द्रमा बायोमेट्रिक भेरिफाइ गरेपछि मात्रै जाँच दिन पाइने छ । परीक्षा समयभन्दा १ घण्टा अगाडि परीक्षा हलमा ओरेन्टेसन शुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने ईपीएस कोरिया शाखाले जनाएको छ ।

परीक्षामा मोबाइल फोन, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सामाग्री प्रतिबन्धित गरिएको छ ।

परीक्षामा चिट चोरिए , अर्काको सारेमा तथा अन्य अवाञ्छित गतिविधि गरेमा परीक्षा रद्द हुनुको साथै आगामी ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयले जनाएको छ ।

उत्पादनमूलक क्षेत्रतर्फ १ लाख ६४ हजार ७ सय १६ जनाले आवेदन दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved