जुम्राबाट छुट्कारा पाउने रामवाण उपाय

नेपालभ्युज

जुम्राबाट छुट्कारा पाउने रामवाण उपाय

एजेन्सी । त्यसो त आजकल कपालमा जुम्रा पर्ने समस्या धेरै देखिँदैन । तर, कतिपय बच्चा तथा ठूलालाई पनि जुम्राको समस्या हुन सक्छ । यसको समाधानका लागि तपाईंले घरमै केही उपाय अपनाउन सक्नुहुन्छ ।

जुम्रा नष्ट गर्ने घरेलु उपाय

  • नीमको पातलाई पानीमा उमाल्नुहोस् र यो पानीलाई चिसो बनाएर एउटा स्प्रे बोतलमा राख्नुहोस् । त्यसपछि तपाईंले दिनमा यसलाई ४ देखि ५ पटकसम्म स्काल्पमा लगाउनुहोस् । यसो गर्नाले एक हप्ताभित्रै तपाईंले जुम्राबाट छुट्कारा पाउनुहुनेछ ।
  • नरिवलको तेलमा टी ट्री ओयलका केही थोपा मिसाउनुहोस् र कपालमा यो मिश्रणलाई लगाउनुहोस् । तपाईंलाई थाहा होला, टि ट्री ओयलमा एन्टी ब्याक्टेरियल तथा एन्टी फंगल गुण हुन्छ । यसले जुम्रा तथा अन्य ब्याक्टेरियल संक्रमणलाई पनि निको पार्छ ।
  • जुम्रा मार्नका लागि कागती र अदुवाको रस मिसाएर पनि लगाउन सक्नुहुन्छ । १५ मिनेट यो मिश्रणलाई कपाल तथा स्काल्पमा लगाएर नुहाउनुहोस् । यसलाई हरेकपटक नुहाउनुअघि लगाउन सक्नुहुन्छ ।
  • तुलसीका पातको रस निकालेर निमको पातको रसमा मिसाउनुहोस् र कपालमा लगाउनुहोस् । यसो गर्नाले पनि कपालमा भएका जुम्रा कम हुँदै जानेछन् ।
  • नरिवलको तेलमा लसुन मिसाएर लगाउँदा पनि जुम्राको सफाया गर्न सकिन्छ । लसुनमा एन्टीब्याक्टेरियल प्रोपटिज पाइन्छ । यो उपायलाई हरेक पटक कपाल धुँदा गर्नुहोस् एक हप्तामै नतिजा आउनेछ ।
  • एप्पल साइडर भेनेगरमा नुन मिसाउनुहोस् र कपालका जरामा लगाएर रातभर छोड्नुहोस् । बिहान काँइयोले कपाल कोर्दा मरेका जुम्रा झर्नेछन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved