अस्पतालबाट निस्केपछि मिथुनले भने-राक्षस जसरी खान्छु त्यसैले सजाय पाएँ

नेपालभ्युज

अस्पतालबाट निस्केपछि मिथुनले भने-राक्षस जसरी खान्छु त्यसैले सजाय पाएँ

एजेन्सी । बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्ती अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । स्ट्रोक भएपछि उनलाई शनिबार कोलकाताको एपोलो अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालबाट बाहिर आएसँगै उनले आफ्नो कमजोरीको बारेमा बताएका छन् । सोमबार अस्पतालबाट बाहिरिएपछि सुपरस्टारले आफ्नो धेरै खाने बानीका कारण समस्या भएको बताए । धेरै खाने बानी छोडेर अरु केही समस्या नभएको उनको तर्क छ ।

मिथुनले भने, “मैले राक्षसले जसरी खान्छु त्यसैले मैले सजाएँ पाएँ । सबैका लागि मेरो सल्लाह यही छ कि आफ्नो भोजनमा नियन्त्रण राख्नुहोस् । मधुमेहका बिरामी भ्रममा नपर्नुहोला कि औषधि प्रयोग गरेपछि जे खाँदा पनि हुन्छ । आफ्नो खानपानमा सधैं नियन्त्रण राख्नुहोस् ।”

अभिनेताले यो पनि स्पष्ट पारेका छन् कि उनी बिरामी भएका कारणले उनको राजनीतिक यात्रा रोकिने छैन । आउँदो लोकसभा चुनावमा उनले पश्चिम बंगालमा भाजपाका लागि प्रचार गर्ने घोषणा गरिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved