कतारमा मृत्युदण्डको सजाय सुनाइएका आठ भारतीय रिहा

नेपालभ्युज

कतारमा मृत्युदण्डको सजाय सुनाइएका आठ भारतीय रिहा

काठमाडौं । कतारमा मृत्युदण्डको सजाय सुनाइएका ८ भारतीय रिहा भएका छन् । भारतीय परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै कतार सरकारको प्रशंसा गरेको छ ।

‘दहरा ग्लोबल कम्पनीमा काम गरिरहेका र कतारमा थुनामा रहेका आठ भारतीय नागरिकको रिहाईलाई भारत सरकारले स्वागत गर्दछ ।’ मन्त्रालयले भनेको छ, ‘आठमध्ये सात जना भारत फर्किसकेका छन् । कतारका सरकारले हाम्रा नागरिकलाई रिहा गर्ने र स्वदेश फर्कन दिने निर्णयको हामी स्वागत गर्दछौं ।’

आठ भारतीय नागरिकको गिरफ्तारीले दुई देशबीचको कूटनीतिक तनाव बढाएको थियो । कतारले अगस्ट २०२२ मा यी भारतीयहरूलाई गिरफ्तार गरेको थियो । तर, गिरफ्तारीको कारण सार्वजनिक गरेन ।

यसअघि भारतले यी भारतीयहरूलाई दिइएको मृत्युदण्डको सजायविरुद्ध दोहामा अपील पनि गरेको थियो। यसपछि गत वर्ष कतारले मृत्युदण्डको सजाय घटाएको थियो ।

रिहा हुनेमा कमाण्डर (अव.) पूर्णेन्दु तिवारी, क्याप्टेन (अव.) नवतेज सिंह गिल, कमाण्डर (अव.) वीरेन्द्र कुमार वर्मा, क्याप्टेन (अव.) सौरभ वशिष्ठ, कमाण्डर (अव.) सुग्नाकर पकाला, कमाण्डर (अव.) अमित नागपाल, कमाण्डर (सेवानिवृत्त) सञ्जीव गुप्ता र सेलर रागेश छन् ।

किन पक्राउ परेका थिए ?

कतारले ती भारतीयहरूलाई हिरासतमा लिनुको आधिकारिक कारण भने दिएको छैन । तर, स्थानीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पक्राउ परेका भारतीयहरूलाई दोहामा काम गरिरहेको पनडुब्बी परियोजनाको संवेदनशील जानकारी इजरायलसँग बाँडेको आरोप छ ।

जेलबाट छुटेका यी भारतीयले दहरा ग्लोबल टेक्नोलोजी एण्ड कन्सल्टिङ सर्भिसमा काम गरेका थिए ।

यो कम्पनीले कतार नौसेनाका लागि पनडुब्बी निर्माणको काम गरिरहेको थियो । यस कार्यक्रमको उद्देश्य राडारबाट बच्न सक्ने उच्च प्रविधियुक्त इटालियन प्रविधिमा आधारित पनडुब्बीहरू प्राप्त गर्नुथियो।

गत वर्ष कतारले कम्पनी बन्द गर्न आदेश दिएको थियो र करिब ७० कर्मचारीलाई गत वर्षको मे महिनाभित्रै देश छाड्न निर्देशन दिएको थियो । तीमध्ये अधिकांश भारतीय नौसेनाका पूर्वकर्मचारी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved