अरुको मन पढ्न अपनाउनुहोस यस्तो ट्रिक्स

नेपालभ्युज

अरुको मन पढ्न अपनाउनुहोस यस्तो ट्रिक्स

एजेन्सी । हामी दैनिक विभिन्न खालका व्यक्तिसँग भेट्ने गर्छौं । तर, अगाडिको व्यक्तिको दिमागमा के चलिरहेको छ भन्ने थाहा पाउन सक्दैनौं ।

तपाईं पनि यस्तै समस्यामा पर्नुभएको छ भने हामी केही त्यस्ता टिप्स  बताउनेछौं जसले अर्को व्यक्तिको दिमाग पढ्न सकिनेछ ।

  • यदि तपाईं कसैसँग बसेर कुराकानी गरिरहनु भएको छ र अगाडिको व्यक्तिको खुट्टा ढोकातिर फर्किरहेको छ भने यसको अर्थ हुन्छ ऊ तपाईंसँग कुरा गर्न त्यति इच्छुक छैन ।
  • कुरा गरिरहेको बेला अगाडिको व्यक्तिले हात लुकाएर उभिएको छ भने यसको अर्थ हुन्छ उसले झुठ बोलिरहेको हुन सक्छ ।
  • यदि कोही व्यक्तिले हातलाई आफ्नो चिउँडोको तल राखिरहेको छ भने उसको दिमागमा कुनै प्रश्न हुन सक्छ । वा तपाईंले गरिरहेको प्रश्नका बारेमा उसले केही जवाफ दिन सोंचिरहेको छ ।
  • यदि कुराकानीको क्रममा अगाडिको व्यक्तिले तपाईंको आँखामा हेरिरहेको छैन भने हुन सक्छ उसले तपाईंसँग केही लुकाउन खोजिरहेको छ । वा तपाईंसँग कुरा गर्दा लजाइरहेको छ ।
  • यदि कसैले तपाईंको आँखामा आँखा जुधाइरहेको छ र मुस्कुराइरहेको छ भने उसलाई तपाईंसँग कुरा गर्न मन लागिरहेको छ । वा उसलाई तपाईंको कुराप्रति रुची छ ।
  • यदि कुराकानीको क्रममा ऊ तपाईंतिर झुकेर सुनिरहेको छ भने यसको अर्थ हुन्छ उसलाई तपाईंसँग कुराकानी गर्न मन परेको छ ।
  • यदि तपाईंसँग कुरा गरिरहेको बेला व्यक्ति अर्को दिशातिर फर्कन्छ भने उसलाई तपाईंको कुराप्रति कुनै चासो छैन । ऊ आफ्नो कुरा राखेर हिँड्ने हतारमा छ भन्ने बुझ्नुपर्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved