क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको कब्जा

तीन खेलाडीले अर्धशतक बनाएपछि दोस्रो खेलमा ४ विकेटको जित

दोस्रो खेलमा नेपालले क्यानडालाई ४ विकेटले हराएको हो । यससँगै नेपालले सिरिजमा २–० को अग्रता बनाएको छ । २८६ रनको लक्ष्य नेपालले २९ बल अघि नै ६ विकेट क्षतिमा पुरा गर्यो ।

नेपालभ्युज

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको कब्जा

काठमाडौं। नेपालले क्यानडाविरुद्धको ३ खेलको एकदिवसीय क्रिकेट सिरिज एक खेल आगाडि नै जितेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले क्यानडालाई ४ विकेटले हराएको हो । यससँगै नेपालले सिरिजमा २–० को अग्रता बनाएको छ ।

२८६ रनको लक्ष्य नेपालले २९ बल अघि नै ६ विकेट क्षतिमा पुरा गर्यो । नेपालको जितमा कप्तान रोहित कुमार पौडेलको अलराउन्ड प्रदर्शन तथा देव खनाल र अनिल साहको अर्धशतकीय पारी खेले।

रोहितले ८७, देवले ७६ र अनिल शाहले ५० रनको योगदान गरे । रोहितले १०१ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ८७ रनको योगदान गरे। देवले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७६ रन बनाए।

विष्फोटक ब्याटिङ प्रदर्शन गरेका अनिलले २० बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाए।

भीम सार्कीले २३, पवन सराफले १४ र आसिफ शेखले १० रन बनाए। कुशल मल्ल र सोमपाल कामी भने ९–९ रनमा अविजित रहे।

टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले पुरै ओभर खेलेर २८५ रन बनाएको थियो। क्यानडाका लागि आरोन जोनसनले ६५ र नवनीत धालिवालले ४६ रन बनाए।

नेपालका कुशल मल्ल र कप्तान रोहित कुमार पौडेलले २–२ तथा सूर्य तामाङ, सोमपाल कामी, आकाश चन्द र पवन सराफले १–१ विकेट लिए।

आकाशले आफ्नो डेब्यू खेलमा नै नेपालको लागि पहिलो विकेट लिए। उनले पहिलो विकेटको लागि आरोन जोनसन र नवनीत धालिवालबीचको ९४ रनको साझेदारी तोडे।

यस्तै, रोहितले दोस्रो खेलमा पनि राम्रो बलिङलाई निरन्तरता दिए। ३१ औँ ओभरमा रोहितले २ विकेट लिए। उनले ३१ ओभरको दोस्रो र पाँचौँ बलमा पर्गत सिंह र निकोलस किर्तोनलाई पभिलियन फर्काए। बिहीबार उनले ४ विकेट लिएका थिए।

कप्तान पौडेल लगातार दोस्रो खेलमा पनि प्लेयर अफ द सिरिज  सिरिज भए । अन्तिम खेल सोमबार हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved