कोशीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

नेपालभ्युज

कोशीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले चार मन्त्री र दुई राज्यमन्त्रीलाई शपथ खुवाएका हुन् ।

मुख्यमन्त्री केदार कार्कीले शुक्रबार स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदीप सुनुवार, सामाजिक विकासमन्त्रीमा माओवादीका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारीमन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगरलाई नियुक्त गरेका थिए ।

आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिता कुमारी गुरुङले पनि शपथ ग्रहण गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved