पर्यटन बोर्ड कार्यकारी समितिको सदस्य-सचिवमा देवकोटा नियुक्त

नेपालभ्युज

पर्यटन बोर्ड कार्यकारी समितिको सदस्य-सचिवमा देवकोटा नियुक्त

काठमाडौँ। नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको सदस्य-सचिवमा मिलन देवकोटा नियुक्त भएकी छिन्।

नेपाल पर्यटन बोर्डमा कार्यकारी प्रमुख रिक्त थियो । नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको यही माघ २४ गते बसेको बैठकले देवकोटालाई सदस्य-सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा ९ को उपदफा (४) को व्यवस्थाअनुसार देवकोटालाई कार्यकारी प्रमुख नियुक्ति नभएसम्म बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएको बोर्डको सूचनामा उल्लेख छ ।

यस सँगै देवकोटा नेपाल पर्यटन बोर्डको पहिलो महिला सदस्य-सचिव बनेकी छन्। उनी  मार्च २३, २०२२ मा बोर्ड सदस्य भएकी थिइन् । उनी आर्थिक वर्ष २०८०/०८१ को बजेट संयोजक समेत रहेकी छन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved